आणविक युद्धका लागि कोरिया तयार छ : नेता किम

नेपालभ्युज

आणविक युद्धका लागि कोरिया तयार छ : नेता किम

काठमाडौं। उत्तर कोरियाली नेता किम जोङ उनले, आणविक युद्धका लागि आफ्नो देश तयार रहेको बताएका छन्।

कोरियन युद्ध वर्षगाँठको सन्दर्भ पारेर आयोजित एक कार्यक्रममा नेता किमले, आफ्नो देश अमेरिकासंगको कुनै पनि सैन्य संघर्षका लागि तयार रहेको बताएको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ।

नेता किमको यो भनाइसँगै उत्तर कोरियाले सातौं परमाणु परीक्षणको तयारी गरिरहेको आशंका बढेको छ।

गत महिना मात्रै अमेरिकाले, प्योङयाङले जुनसुकै बेला परमाणु परीक्षण गर्नसक्ने चेतावनी दिएको थियो। यसअघि, उत्तर कोरियाले, सन् २०१७ मा पछिल्लोपटक परमाणु परीक्षण गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved