मानव अधिकार आयोगले गर्‍यो ३ सय ५१ उजुरीहरू फर्छ्योट

नेपालभ्युज

मानव अधिकार आयोगले गर्‍यो ३ सय ५१ उजुरीहरू फर्छ्योट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/२०७९ मा ३ सय ५१ उजुरीहरू फर्छ्योट गरेको छ । फर्छ्योट भएकामध्ये नेपाल सरकारलाई नीतिगत ६ र उजुरीगत ८५ गरी कुल ९१ सिफारिस गरेको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फर्छ्योट गरिएका उजुरीहरूमा ९ वटा खारेजी गरिएको छ भने २ सय ५१ उजुरी तामेलीमा छन् । त्यस्तैगरी, ६१ उजुरीहरूमा विभिन्न आदेश गरी पुनः पेस गर्ने निर्णय गरेको छ । पुनः पेशसमेत गरी आर्थिक वर्ष २०७८/०७९ मा आयोगले कुल ४ सय १२ उजुरीहरू उपर निर्णय गरेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए । सिफारिस गरिएका उजुरीहरूमध्ये सबैभन्दा धेरै ४२ सिफारिस आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग सम्बन्धित रहेका छन् ।

आयोगले स्थापनाकालदेखि नै मानव अधिकार उल्लंघनसम्बन्धी घटनाका उजुरीहरू दर्ता, अनुगमन, अनुसन्धान र निर्णय गरी नेपाल सरकारलाई सिफारिसहरू गर्दै आइरहेको छ । आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूमा रहेका उजुरीहरू, उजुरी उपर भएका निर्णय तथा सिफारिसहरूको तथ्यांक प्रत्येक वर्ष अद्यावधिक गर्दै आइरहेको छ ।

आयोगमा आर्थिक २०७८/२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कुल उजुरी सङ्ख्या ४ हजार २ सय १४ रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved