काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले, सरकार नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन प्रतिवद्ध रहेको बताएका छन्।
वीर अस्पतालको १ सय ३३ औं वाषिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा जस्तो नागरिकको आधारभूत अधिकारको बिषयमा सरकार गम्भिर रहेको भन्दै, सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन प्रयास भइरहेको बताए।
स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रयाप्त बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधार निर्माण गरि हरेक नागरिकलाई सस्तो सहज र गुणस्तरिय स्वास्थ्य सेवा पु¥याउन सरकारले सक्दो प्रयास गर्ने देउवाको भनाई छ।
भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री देउवाले सो अस्पतालन निर्माणलाई प्राथकितामा साथ अघि बढाउन निर्देशन दिए।
Facebook Comment
Comment