काठमाडौं। कबड्डी ४ की हिरोईन् मिरुना मगरविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन्। भिक्षु फुर्वा साङ्मो तामाङले मुद्दा हालेका काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले पुष्टि गरे। गत जेठ १५ गते काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा थप्पड हानेको भन्दै फूर्वाले मुद्दा हालेका हुन्।
उनले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका छन्। माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको फुर्वाले उजुरीमा उल्लेख गरेका छन्।
मिरुनाले भने आफू कबड्डी ४ फिल्मको प्रचारको लागि पुगेको बेलामा फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेको बताएकी थिइन्। यो प्रकरण चर्किएपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएका थिए।
पछि फिल्म निर्माण पक्ष र बौद्ध समुदायबीच विवाद नगर्ने सहमति भएको थियो। फूर्वाले आफूबाट गल्ती भएको भन्दै माफी समेत मागेका थिए। सहमतिको एक सातामै मिरुना र फुर्वा दुवै पुनः विवादमा उत्रिएका थिए।
मिरुना भने अहिले लण्डनमा छिन्।
Facebook Comment
Comment