ठमेलमा पनि ठगी गर्ने कल सेन्टर, प्रहरीको छापा

नेपालभ्युज

ठमेलमा पनि ठगी गर्ने कल सेन्टर, प्रहरीको छापा

काठमाडौं। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ठमेलमा चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेको छ। ज्याठामा भियना होटेलसँगै रहेको कल सेन्टरबाट भवनबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०\२० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको एसपी दिनेशराज मैनालीले बताए।

सोमबार प्रहरीले तीनकुनेको कल सेन्टरमा छापा हानेर चिनियाँ नागरिकसहित ३६ जनालाई पक्राउ गरेको थियो। आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved