भरतपुरका किशोरीलाई एचपिभी खोप

नेपालभ्युज

भरतपुरका किशोरीलाई एचपिभी खोप

काठमाडौं ।  भरतपुर महानगरपालिकाका किशोरीलाई एचपिभी खोप लगाउन शुरु गरिएको छ।

११ देखि १३ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप लगाउन शुरु गरिएको हो।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा यो खोप लगाउन सकिने भरतपुर–७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिए।

कार्यक्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक डा कृष्णसागर शर्माले पहिलो चरणमा माडी नगरपालिकाका ६९९ किशोरीलाई यो खोप लगाइएको जानकारी दिए।

अस्पतालले १२ हजार खोप ल्याएको जानकारी दिँदै शर्माले वडा नं ७ का किशोरीलाई लगाइसकेपछि जिल्लाका सबै सरकारी विद्यालयका किशोरीलाई अभियानका रुपमा खोप लगाइने बताए।

साउन २७ देखि ३१ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिनेछ । एक जनालाई छ महिनाको फरकमा दुई पटक खोप लगाउनु पर्नेछ।

यो खोपले पाठेघरको मुखको क्यान्सर, योनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँने बताइएको छ। विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै साइड इफेक्ट छैन ।

कसैकसैलाई यो खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने, लगायतका लक्षण देखिन सक्ने चिकित्सकको भनाइ छ।
पाठेघरको मुखको क्यान्सर एचपिभी खोप लगाउँदा ९० प्रतिशत जतिले घट्ने अध्ययनले देखाएको छ।

विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्ने पाठेघरको क्यान्सरका कारण हरेक वर्ष तीन लाख महिलाको ज्यान जाने गरेको तत्थ्याङ्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved