ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको चक्रवर्ती मुद्दती निक्षेप योजना सार्वजनिक

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरूको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ।

बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरूको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ। यस योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागू हुनेछ । यो मुद्दती निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात रु. १०,००० रहेको छ।

यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम प्रतिफल प्राप्त गर्न टेवा पु¥याउने बैंकको विश्वास रहेको छ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गरी बैंकले समयानुकूल यस्ता योजनाहरू सार्वजनिक गर्दै ग्राहकहरूलाई उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved