चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

नेपालभ्युज

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं। सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।

विकास बोर्डकोले आह्वान गरेको आवेदनमा १० जनाको नाम थियो। ती उम्मेदवार मध्येबाट केसीलाई छनोट गरिएको एक मन्त्रीले बताए।

यसअघि नेकपा एमाले निकट रहेका केसी स्थानीय तह चुनावअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका हुन्। उनी कांग्रेस प्रवेश गरेसँगै विकास बोर्ड अध्यक्षको दाबेदारको रुपमा हेरिएको थियो।

केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved