साउदीबाट श्रीमानले पठाएको रकम दिउँसै लुटियो

नेपालभ्युज

साउदीबाट श्रीमानले पठाएको रकम दिउँसै लुटियो

जनकपुरधाम। बैंकबाट रकम निकालेर घर गइरहेकी एक महिला लुटिएकी छन्। जनकपुरधाम उपमहानगरपालिका १ की शर्मिला यादव एभरेस्ट बैंकबाट २ लाख रुपैयाँ निकालेर घर फर्किँदै गर्दा लुटिएकी हुन्।

घर नजिक पुगेपछि मोटरसाइकलमा आएका दुई युवक रुपैयाँ, मोबाइल र नागरिकता राखेको झोला लिएर भागेको पीडित शर्मिलाले जानकारी दिइन्। उनका अनुसार झोलामा २ लाख रुपैयाँ, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रुपैयाँ थियो।

‘म हिँडिरहेको समयमा एक्कासि आएका उनीहरूले हातबाट झोला लिएर गए’, शर्मिलाले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए।’
साउदीबाट श्रीमानले पठाएको रकम निकालेर घर नजिक गइसकेको बेला लुटेर झोला लिएर भागेको उनले बताइन्। रकम लुटेपछि उनी बेहोस भएकी छन्। धनुषा प्रहरीले लुटेराको खोजी भइरहेको जनाएको छ।

जनकपुरधाम मधेस प्रदेशको राजधानी हो। तर यहाँ दिनहुँ जसो चोरी र लुटपाटका घटना घटिरहे पनि प्रहरी अपराधीहरूलाई पक्राउ गर्न सकिरहेका छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved