अर्थमन्त्री प्रकरण

संसदीय समितिले माग्यो सिंहदरबार गेटको सीसीटीभी फुटेज

नेपालभ्युज

संसदीय समितिले माग्यो सिंहदरबार गेटको सीसीटीभी फुटेज

काठमाडौं। बजेट निर्माण प्रकरण छानबिन गर्न गठित संसदीय विशेष समितिले गृह मन्त्रालय समक्ष सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज माग गरेको छ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माण गर्दा सीमित व्यापारीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको तथा अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएको आरोप लागेपछि छानबिन गर्न गठित संसदीय विशेष समितिले फुटेज मागेको हो।

सोही घटनाबारे छानबिन गर्न संसदको विशेष समिति बनेपछि अर्थमन्त्री शर्माले राजीनामा दिइसकेका छन्। छानबिन समितिले अध्यननको क्रममा दुवै गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान अघि बढाउन लागेको हो।

सोही घटनाबारे छानबिन गर्न संसदको विशेष समिति बनेपछि अर्थमन्त्री शर्माले राजीनामा दिइसकेका छन्। छानबिन समितिले अध्यननको क्रममा दुवै गेटको सीसीटीभी फुटेज मगाएर अनुसन्धान अघि बढाउन लागेको हो।

अर्थ मन्त्रालयका दुई सचिव, कर्मचारी र सुरक्षाकर्मीसँग बयान लिए पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको पुष्टि नभएपछि समितिले आइतबारदेखि छानबिनको दायरा फराकिलो पार्न लागेको हो।

समितिको आइतबारको बैठकले सिंहदरबार प्रवेश गर्ने गेटदेखि छानबिन गर्न गत जेठ १४ गते दिउँसो १२ देखि भोलिपल्ट १२ बजेसम्मको फुटेज गृह मन्त्रालयसँग माग गर्ने निर्णय भएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।

पहिलो सात दिनको अवधिमा छानबिन नटुङ्गिएपछि बिहीबार संसद्ले अर्को सात दिनको समय थप गरेको छ। असार २२ मा गठन भएको समितिले २८ देखि काम शुरु गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved