काठमाडौं। डा बाबुराम भट्टराईको नेतृत्वमा ‘नेपाल समाजवादी पार्टी’ गठन गर्ने टुङ्गो लागेको छ। जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले पार्टीको विधानलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ।
आगामी निर्वाचनमा ‘समाजवादी केन्द्र’ बनाउने भन्दै भट्टराई लागेका छन्।
निर्वाचन आयोगमा दर्ता प्रक्रियालगायत केन्द्रीय समितिबारे गृहकार्य भइरहेको छ।
कार्यकारी अधिकारीसहित खस आर्य, आदिवासी जनजाति र मधेसी गरी तीन अध्यक्षको व्यवस्था हुने छ।
अध्यक्षबारे अझै टुङ्गो नलागेको भट्टराई निकटले बताए।
जसपालाई पुनर्गठन गरी नयाँ समावेशी पार्टी बनाउने उद्देश्यसहित भट्टराई पक्ष अलग भएको थियो। आगामी निर्वाचनमा ‘समाजवादी केन्द्र’ बनाउने भन्दै भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गरिरहेका छन्।
Facebook Comment
Comment