मौद्रिक नीतिपछिको सेयर बजारमा उत्साह 

नेपालभ्युज

काठमाडौं। मौद्रिक नीति सार्वजनिक भएपछिको सेयर बजारमा उत्साह देखिएको छ। आइतबार सेयर बजारको परिसूचक नेप्से, सबै उपसमूह र कारोबार रकम समेत उल्लेख्य बढेको छ। नेप्से परिसूचक ६१ दशमलव ०५ अंक बढेको छ।
सो अंकको वृद्धिपछि नेप्से २०७८ अंकमा उक्लिएको छ।

आइतबार कुल २ अर्ब ७३ करोडको कारोबार भयो, यसअघि शुक्रबार १ अर्ब ४४ करोडको मात्रै कारोबार भएको थियो। सबै उपसमूहहरू बढेका छन्। बैंकिङ २२, विकास बैंक १७७, फाइनान्स ११७, होटेल तथा पर्यटन ७४, जलविद्युत् ८४, जीवन बीमा २०७, उत्पादन १००, माइक्रोफाइनान्स १७५, निर्जीवन बीमा ११७, अन्य १०३ र व्यापार उपसमूह ८८ अंक बढेका छन्।

१७९ कम्पनीको मूल्य बढ्यो भने एउटाको मात्रै घट्यो। तीन कम्पनी सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो। स्वाभिमान लघुवित्त र रिलायन्स फाइनान्सको मूल्य ९.६ प्रतिशत बढ्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved