काठमाडौं। झापामा ३ जना किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा चिया बगानभित्रको बयरको रुखमा उनीहरु मृत भेटिएका हुन्। सुनकोशी चिया बगानमा कार्यरत १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश मृत
आइतबार विहान मृत अवस्थामा भेटिएका थिए।
तीनै जना चिया बगानमा काम गर्ने श्रमिक रहेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए। उनका अनुसार उनीहरु शनिबार बेलुकादेखि हराईरहेका थिए। आइतबार विहान चिया टिप्न जानेले झुण्डिएको देखेपछि प्रहरीलाई खवर गरेका थिए।
दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए। तीन जनाले सल्लाह गरेर सामूहिक रुपमा आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ। तीनै जनाको शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी भैरहेको छ।
Facebook Comment
Comment