रसिया – युक्रेन बिचको सम्झौताले मूल्यवृद्धि घटाउला?

नेपालभ्युज

रसिया – युक्रेन बिचको सम्झौताले मूल्यवृद्धि घटाउला?

काठमाडौं। युक्रेन र रसियाबिच युद्धको बीच निर्यातको अब बाटो खुलेको छ। सम्झौता अनुसार अब युक्रेनले खाद्यान्न अन्य मुलुकमा निर्यात गर्न पाउने भएको छ।

ब्ल्याक सी हुँदै निर्यातको बाटो खुलेसँगै खाद्यान्नको चरम अभावबाट गुज्रिएका मुलुकले राहत पाउलान् कि नपाउलान् भन्ने चासो बढेको छ। तर राहत पाउने सम्भावना बढेको छ। युद्धरत मुलुकबिच खाद्यान्न निर्यातको विषयलाई लिएर भएको सम्झौताले महँगी वृद्धिको चरम अवस्था भोगिरहेका मुलुकले राहतको सास फेर्न पाउनेछन्। रसियाले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेसँगै खाद्यान्न निर्यात ठप्प बनेको थियो। युद्धको चेपमा परेको निर्यातको अब बाटो खुलेको हो। अब सामग्री सहज हुने र मूल्यवृद्धि कम हुने अपेक्षा छ।

युक्रेनमा उत्पादित खाद्यान्न निर्यात अवरुद्ध हुँदा विश्वभर गहुँको पिठो र त्यसबाट बन्ने खाद्यवस्तुको उत्पादन प्रभावित बनेको छ। खाने तेलको आपूर्ति पनि यसैगरी रोकिँदा महँगी अत्यधिक हुन पुगेको छ।

विश्वमा खाद्य संकटको अवस्था आउने स्थिति पछि रसिया र युक्रेनबिच युद्धकै दौरान यस्तो सम्झौता भएको हो। खाद्यान्नको संकटलाई लिएर यसखाले सम्झौताको पहल दुई महिना अगाडिदेखि सुरु भएको थियो। अहिले भएको सम्झौता १ सय २० दिनका लागि मात्र हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved