काठमाडौं। प्रतिनिधिसभाबाट पारित नागरिकता विद्ययकका प्रावधानलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता स्वागत गरेको छ। संघका अध्यक्ष विनोद कुँवरले विधेयकले गैरआवासीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए।
उनले विधेयकका पक्षमा मत राख्ने सबै सांसदहरूलाई धन्यवाद समेत दिए। ‘‘यस विधेयकमा संघले उठाउँदै आएका धेरै मागहरू त छैनन् तर नागरिकताको निरन्तरता माग पूरा हुने दिशामा अघि बढेको छ। यसकारण संघ विधेयकको स्वागत गर्दछ’’ कुँवरले भने।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघले नागरिकताको निरन्तरताको माग गर्दै आएको समेत बताए। यद्यपि, आफूहरूले उठाउँदै आएका धेरै मागहरू विधेयकले नसमेटेको अध्यक्ष कुँवरले बताए। सबै माग नसमेटेको भए पनि संविधानले गैरआवासीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनको दिशामा अघि बढेको भन्दै संघले त्यसको स्वागत गरेको उनले बताए।
उनले विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संविधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरी गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको बताए।
Facebook Comment
Comment