मौद्रिक नीति

बैंकदर साढे ८ प्रतिशत पुग्यो

नेपालभ्युज

बैंकदर साढे ८ प्रतिशत पुग्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पु¥याएको छ।  ७ प्रतिशतमा रहेको बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पु्¥याएको हो। आर्थिक वर्ष २०७९\०८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताए।
वित्तीय साधनलाई उत्पादनशिल क्षेत्रमा प्रवाह गराई उत्पादकत्व बढाइने उल्लेख छ।

कूल ग्राहस्त उत्पादन उच्च रहेकाले कर्जालाई उत्पादनशिल क्षेत्रमा प्रवाह गराइने छ। भुक्तानी कारोबारलाई डीजीटललाइजेसन गरिनेछ।

सेयर कर्जामा ४ करोडको सीमा हट्यो

राष्ट्र बैंकले सेयर कर्जामा लगाउँदै आएको ४ करोडको सीमा हटाएको छ। यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्मको सीमा राखिएको थियो।

उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको हो।

यस्तै, २५ लाख रुपैयाँभन्दा कमको सेयर कर्जामा जोखिम भार १ सय प्रतिशत बनाइएको छ भने त्यो भन्दा बढी रकमको कर्जामा जोखिम भार १५० प्रतिशत नै कायमै राखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved