भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीको बधाई

नेपालभ्युज

भारतीय समकक्षीलाई राष्ट्रपति भण्डारीको बधाई

काठमाडौं। ६ असार। भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी द्रौपदी मुर्मूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना दिएकी छन् ।
ट्विटरमार्फत बधाई ज्ञापन गर्दै उनले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् ।

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु,’ राष्ट्रपतिको ट्विटरमा भनिएको छ, ‘यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु ।’

सत्तारुढ एनडिए गठबन्धनबाट उम्मेदवार रहेकी मुर्मू विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई भारी मतान्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved