विश्व युवा विकास मञ्च चीनमा आयोजना हुने

सम्मेलनमा १०० भन्दा बढी देशका करीब दुई हजार युवा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम आयोजकले जनाएको छ।

नेपालभ्युज

विश्व युवा विकास मञ्च चीनमा आयोजना हुने

एजेन्सी। विश्व युवा विकास मञ्च २१ देखि २३ जुलाईसम्म अनलाइन र अफलाइन माध्यमबाट चीनमा आयोजना हुने भएको छ।

सम्मेलनमा १०० भन्दा बढी देशका करीब दुई हजार युवा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम आयोजकले जनाएको छ।

अखिल चाइना युथ फेडेरेसनको पहलमा यो फोरमले रोजगारी र उद्यमशीलता, जलवायु परिवर्तन र हरित विकास, डिजिटल अर्थतन्त्र र उच्च गुणस्तरीय शिक्षा जस्ता विषयहरूमा छलफल गर्नेछ।

फोरमको मुख्य उद्देश्य विभिन्न विषयहरू समेटेर विश्वव्यापी विकास साझेदारी निर्माण गर्ने रहेको छ।

फोरमले ‘साझेदारी भविष्यका लागिः युवा र युवाका लागि दिगो विकासको प्रवर्द्धन’ शीर्षकमा मुख्य भाषण, गोलमेज छलफल, केस स्टडी र अनलाइन छलफलहरू गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved