युरोपेली सङ्घ र चीनबीच व्यापार वार्ता

यो बैठक गत अप्रिलमा तनावपूर्ण सङ्घ–चीन शिखर सम्मेलनपछि हुन लागेको हो। बैठकको मिति निर्धारण गर्न महिनौँसम्म प्रयास भएको थियो।

नेपालभ्युज

युरोपेली सङ्घ र चीनबीच व्यापार वार्ता

एजेन्सी। रूस र युक्रेनबीचको युद्धलाई लिएर युरोपमा तनाव जारी रहेका बेला चीन र युरोपेली सङ्घबीच व्यापार वार्ता हुँदैछ।

सिनजियाङमा मानवअधिकारका मुद्दालाई लिएर सशङ्कित बनेको सङ्घले अर्थतन्त्र र व्यापारका विषयलाई केन्द्रमा राखेर बेइजिङसँग उच्चस्तरीय वार्ता गर्न लागेको हो।

यो बैठक गत अप्रिलमा तनावपूर्ण सङ्घ–चीन शिखर सम्मेलनपछि हुन लागेको हो। बैठकको मिति निर्धारण गर्न महिनौँसम्म प्रयास भएको थियो।

यसअघि, शिखरवार्ताका क्रममा सहमति नहुँदा संयुक्त वक्तव्य सार्वजनिक भएको थिएन, जसले सम्बन्ध चिसिएको सङ्केत गर्दछ। युक्रेन मुद्दामा पनि सङ्घ र चीनबीच मतभिन्नता छ। मानवअधिकार र युक्रेन युद्धलाई लिएर चीनले छलफल गर्न चाहेको छैन।

युक्रेनमा रूसले सैन्य कारबाही शुरु गरेदेखि नै सङ्घले तत्काल युद्धविराम गर्न तथा त्यस निम्ति मस्कोसँग आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आह्वान गर्दै आएको छ। चीनले मस्कोलाई सैन्य सहायता गर्नुहुँदैन भन्ने पक्षमा सङ्घ छ।

यसैबीच, युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष वाल्डिस डोम्ब्रोभस्किसले चीनका उपप्रधानमन्त्री लिउ हेसँगै बैठकको सहअध्यक्षता गर्न तत्पर रहेको बताएका छन्। बैठकमा द्विपक्षीय मामिलाका साथै क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा पनि छलफल हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved