भारतसँग १९५० को सन्धि र सीमा विवादको मुद्दा उठाएको छु : प्रचण्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो छलफल हुने कार्यक्रम रहे पनि अन्तिम समयमा अन्तिम समयमा के कारणले भेट हुन सकेन भन्ने आफूलाई अझै जानकारी नभएको उनले बताए।

नेपालभ्युज

भारतसँग १९५० को सन्धि र सीमा विवादको मुद्दा उठाएको छु : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग सन् १९५० को नेपाल-भारत सन्धि पुनरावलोकन र द्धिदेशीय सीमा विवादको मुद्दा उठाएको बताएका छन्।

तीन दिने भ्रमणपछि नेपाल फर्किएका उनले पत्रकार सम्मेलन गर्दै फाउन्डेसन फर पब्लिक अवार्नेस एन्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा आफूले सन् १९५० को नेपाल-भारत सन्धि पुनरावलोकन, सीमा विवादबारे संवाद र व्यापारा घाटा कम गर्ने मुद्दा सार्वजनिक रूपमा उठाएको बताए।

तीन दिने भ्रमणका क्रममा आफूलाई पहिले प्रधानमन्त्री भएर जाँदाको जस्तै सत्कार भारतले गरेको उनको भनाइ थियो।

नेपालको संविधान २०७२ जारी गर्दा केही तिक्ततापूर्ण संवाद भारतसँग भए पनि अहिले सौहार्दपूर्ण वातावरणमा द्धिदेशीय सम्बन्धका विषयमा सकारात्मक छलफल भएको बताए।

उनले पहिलो दिन भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग डिनर र दोस्रो दिन विदेशमन्त्री एस जयशंकरसँग छलफल गरेका उनले द्धिदेशीय सम्बन्धका विषयमा सकारात्मक संवाद भएको जानकारी दिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो छलफल हुने कार्यक्रम रहे पनि अन्तिम समयमा अन्तिम समयमा के कारणले भेट हुन सकेन भन्ने आफूलाई जानकारी नभएको उनले बताए। ‘‘भेट हुने कार्यक्रम थियो, अन्तिम समयमा आएर किन स्थगित भयो म पनि अन्योलमा छु, व्यस्ताका कारण हुनसक्छ,” उनले भने। तर यसकारणले आफूमा कुनै टेन्सन नभएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved