भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा नघट्ने

नेपालभ्युज

भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा नघट्ने
सांकेतिक तस्वीर

काठमाडौं। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलिम पदार्थको मूल्यसूची घटाएर पठाएको छ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नयाँ मूल्यसूची आए पनि नेपालमा भने तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने भएको छ।

शनिबार आईओसीबाट नयाँ मूल्यसूची आए पनि तत्काल मूल्य समायोजन गर्ने तयारी निगमको छैन।

निगमका एक कर्मचारीकाअनुसार निगम अझै घटामा रहेको र आईओसीलाई ३१ अर्ब रुपैयाँ भन्दा बढी तिर्न बाँकी रहेकाले तत्काल नेपालमा मूल्य नघट्ने भएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved