नुनथरमा पिकनिक गएका युवकको बागमतीमा डुबेर मृत्यु

नेपालभ्युज

नुनथरमा पिकनिक गएका युवकको बागमतीमा डुबेर मृत्यु

जनकपुरधाम। बागमती नदी किनारमा पिकनिक खान गएका महेन्द्रनगरका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ।

शुक्रबार परिवारसंग रौतहटको नुनथरस्थित बागमती नदी किनारमा वनभोज (पिकनिक) गएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ बस्ने २० वर्षीय पारस यादवको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो। शुक्रबार दिउँसो नदीमा बेपत्ता भएका उनको शव आज (शनिबार) बिहान फेला परेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका १ नुनथरमा दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका यादवको रातिदेखि नै प्रहरीले खोजतलास गरेको थियो।

खोजी गर्ने क्रममा बागमती सिँचाइ आयोजनाको ब्यारेजको ढोकामा अड्की रहेको अवस्थामा यादवको शव भेटिएको सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए।

“सपरिवार रमाइलो गर्ने भनेर गएका हाम्रो खुशी दैवले हेर्न नचाहे जस्तै भयो, दैवले हाम्रो भरभराउँदो उमेरका हाम्रो छोरालाई खोसेर लग्यो,’ भक्कानिँदै पारसमा बुवा विजय यादवले भने। उनी नेकपा माओवादीका नेता हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved