युक्रेनको भिनिसिया शहरमा रूसी मिसाइल आक्रमण, २३ जनाको मृत्यु

मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। मिसाइलहरू भवन वरिपरि खसेका छन्। भग्नावशेषमा फसेका मानिसहरूको उद्धार भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।

नेपालभ्युज

युक्रेनको भिनिसिया शहरमा रूसी मिसाइल आक्रमण, २३ जनाको मृत्यु

रूसले युक्रेनी शहर भिनिसियामा मिसाइल आक्रमण गरेको छ। जसमा २३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका बताइएको छ।

मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। मिसाइलहरू भवन वरिपरि खसेका छन्। भग्नावशेषमा फसेका मानिसहरूको उद्धार भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ।

उद्धार कार्यका क्रममा भग्नावशेषबाट ६४ जनालाई बाहिर निकालिएको थियो। ४ बालबालिका पनि गम्भीर घाइते भएका छन्। सबै ६४ जनालाई अस्पतालमा भर्ना गरिएको छ। जसमध्ये ३४ जनाको अवस्था गम्भीर छ। आक्रमणमा ५० भन्दा बढी भवन र ४० भन्दा बढी कारमा क्षति पुगेको थियो।

अहिलेसम्म ६ शवको मात्रै पहिचान भएको छ। अन्य व्यक्तिको शव पहिचान गर्न डीएनए गर्न पठाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनको राज्य आपतकालीन सेवा (एसईएस) ले आक्रमणको पुष्टि गरेको छ। युक्रेनको रक्षा मन्त्रालयले यो दाबी गरेको छ। रूसी क्षेप्यास्त्रले मध्य युक्रेनको भिनिसिया शहरमा रहेको एउटा नागरिक भवन र सांस्कृतिक केन्द्रमा प्रहार गरेको छ।

युक्रेनले तीन हजार मिसाइल आक्रमणको सामना गरिससक्यो

युक्रेनले यस आक्रमणलाई शान्तिपूर्ण शहर कब्जा गर्नेहरूको अर्को अपराधको रूपमा वर्णन गरेको छ। युक्रेनको मन्त्रालयले एक ट्वीटमा युक्रेनले अहिलेसम्म करिब तीन हजार मिसाइल आक्रमणको सामना गरिसकेको जनाएको छ।

रूसी सेनाले जापोरिजियालाई निशाना बनाएको थियो

यसअघि बुधबार रूसले जापोरिजिया प्रान्तमा दुई ओटा रकेट प्रहार गरेको थियो। कीभ इन्डिपेन्डेन्टका अनुसार रकेट आक्रमणमा २३ जना गम्भीर घाइते भएका छन्। रूसी आक्रमणपछि आपतकालीन विभागले उक्त क्षेत्रमा उद्धार कार्य गरिरहेको छ। मंगलबार डोनेट्स्कमा रूसी आक्रमणमा ३७ सर्वसाधारण मारिएका थिए।

सुरक्षाबिना कालो सागरबाट गहुँ आपूर्ति हुँदैन : युक्रेन

ब्ल्याक सीबाट टर्कीसम्म गहुँ ढुवानीका सम्बन्धमा युक्रेन र रूसका प्रतिनिधिबीच भएको भेटपछि युक्रेनका विदेशमन्त्रीले सुरक्षालाई सबैभन्दा महत्वपूर्ण मुद्दा भएको बताएका थिए। उनका अनुसार गहुँ बोक्न सुरक्षा नपाएसम्म यहाँबाट गहुँ जान मुस्किल छ। युक्रेनको बन्दरगाहमा हजारौं टन गहुँ ढुवानीका लागि राखिएको छ।

यसअघि रूस-युक्रेन युद्धको बीचमा उत्तर कोरियाले डोनबासलाई छुट्टै देशको रूपमा मान्यता दिने कुरा गरेको थियो। यो घोषणापछि युक्रेनले उत्तर कोरियासँग सबै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ। उत्तर कोरियाभन्दा पहिले, डोनबासलाई रूस र सिरियाले छुट्टै देशको रूपमा मान्यता दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved