अहिले मुलुकको राष्ट्रियता निकै कमजोर छः झलनाथ खनाल

नेपालभ्युज

अहिले मुलुकको राष्ट्रियता निकै कमजोर छः झलनाथ खनाल
फाइल फोटो

काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले मुलुकको राष्ट्रियतालाई सुदृढ ढंगले अघि बढाउनुपर्ने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा खनालले अहिले मुलुकको राष्ट्रियता निकै कमजोर रहेको भन्दै सुदृढ ढंगले अघि बढाउनुपर्ने सबैको दायित्व भएको बताए। संविधानअनुसार नै मुलकलाई समाजवादको दिशातर्फ अघि बढाउनुपर्ने उनले बताए।

मुलुकमा लोकतान्त्रिक क्रान्ति संविधान सम्पन्न भइसकेको अवस्थामा समाजवादका दिशातर्फ अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ। समाजवादले मात्रै सबै समस्या समाधान हुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved