गभर्नरले नेपाल श्रीलंका बन्छ भनी आतंक फैलाए : सांसद विश्वकर्मा

नेपालभ्युज

गभर्नरले नेपाल श्रीलंका बन्छ भनी आतंक फैलाए : सांसद विश्वकर्मा
फाइल फोटो

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल श्रीलंका हुन्छ भनेर आतंक फैलाएको आरोप नेपाली कांग्रेसका सांसदले लगाएका छन्।

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर गभर्नर अधिकारीले आतंक फैलाएको बताए। कुनै  मित्रराष्ट्र संकटमा परेको बेला गिज्याउनु उपर्युक्त नहुने बताउँदै उनले भने, ‘‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ?”

गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्ने उनले बताए।

उनले गभर्नर अधिकारीले सरकारको सल्लाहकार भएर सहयोग गर्नुपर्नेमा त्यो सहयोग नभएको बताए। रियल स्टेट कारोबारीलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, शेयर मार्केटमा लगानीकर्तालाई हतोत्साहित गर्ने काम गभर्नर अधिकारीले गरेको आरोप उनको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved