श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

नेपालभ्युज

श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

एजेन्सी। श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।

उनले गत सोमबार २९ असारको मिति राखेर राजीनामा पत्रमा हस्ताक्षर गरेका हुन्।

राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ।

राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका हुन्। ती अधिकारीले सभामुख  महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ।

संसद्‌बाट भोलि उनले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन्।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भोलि नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन्। संसद्‌बाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन्। सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन्।


Comment

One thought on “श्रीलंकाका राष्ट्रपतिले दिए राजीनामा

  1. भोलि बुधबारदेखि लागु हुने गरी होला ।
    President Gotabaya Rajapaksa yesterday signed his resignation letter, dated for July 13 and the Speaker of Parliament will publicly announce it to the nation tomorrow, the Daily Mirror learns.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved