श्रीलंकाका राष्ट्रपतिका भाइलाई देश छाड्न रोक

नेपालभ्युज

श्रीलंकाका राष्ट्रपतिका भाइलाई देश छाड्न रोक

एजेन्सी। श्रीलंकाको अध्यागमन विभागले राष्ट्रपति गोटावाया राजापाक्षेका भाइ बासिल राजपाक्षेलाई देश बाहिर जान रोक लगाएको छ।

पूर्वअर्थमन्त्री समेत रहेका बासिल मंगलबार देश बाहिर जान विमानस्थल पुगेकोमा अत्यागमन विभागले रोक लगाएको हाे।

देश बाहिर जान बासिल विमानस्थल पुगेको तस्वीर समाजिक सञ्जालमा फैलिएको थियो। उनले देश छाड्न लागेको भन्दै त्यसको विरोध भएपछि अत्यागमन विभागले उनले देश नछाडेको स्पष्ट पारेको छ।

उनले गत अप्रिल महीनामा मात्रै आफ्नो पदबाट राजाीनामा दिएका थिए। उनीसँग अमेरिकी नागरिकता रहेको बताइन्छ।

श्रीलंकामा आएको आर्थिक संकटमा राजापाक्षे परिवारको ठूलो भूमिका रहेको त्यहाँका जनताले आरोप लगाउँदै आएका छन्। आर्थिक संकटका कारण देशमा इन्धन आपूर्तिदेखि अन्य समस्या आएपछि राष्ट्रपति गोटावायाको राजीनामा माग्दै २५ असारमा त्यहाँका नागरिकले   राष्ट्रपति भवन कब्जा गरेका थिए।

प्रदर्शनकारी राष्ट्रपति भवनतर्फ आउँदै गरेको थाहा पाएका गोटावायाले राष्ट्रपति भवन छोडेर नौसेनाको शरणमा पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved