बाबुराम पक्षीय बैठक काठमाडौंमा जारी

फुटको संघारमा जसपा

जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा शुरु भएको छ।

नेपालभ्युज

बाबुराम पक्षीय बैठक काठमाडौंमा जारी

काठमाडौं। जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा शुरु भएको छ।

पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसक्दा भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै बैठक बोलाएका हुन्।

बाबुराम पक्षीय बैठकमा कार्यकारिणी सदस्यहरु हिसिला यमी, बाबुराम भट्टराई, रमेश यादव, महिन्द्र राय यादव लगायत उपस्थित छन्।

यादव पक्षको बैठक भने बुधबार र बिहीबार वीरगञ्जमा बस्नेछ।

पछिल्लो समय पार्टीका अध्यक्षद्वय भट्टराई र यादवबीच विवाद चलिरहेको छ। दुवै पक्षले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा विभाजन उन्मुख देखिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved