जापानका पूर्वप्रधानमन्त्री आबेको बौद्ध परम्परा अनुसार अन्त्येष्टि हुँदै

नेपालभ्युज

जापानका पूर्वप्रधानमन्त्री आबेको बौद्ध परम्परा अनुसार अन्त्येष्टि हुँदै

एजेन्सी। गोली हानी हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज अन्तिम संस्कार गरिँदै छ।

टोकियोस्थित जोजोजी गुम्बामा बौद्ध परम्परा अनुसार आबेको अन्तिम संस्कार गर्न लागिएको जापानी सञ्चार माध्यमले जनाएको छ।

उनको अन्तिम संस्कारमा परिवारका सदस्यको मात्रै उपस्थिति रहेको जनाइएको छ।

यसअघि सोबार (११ जुन) मा आबेको परिवारले उनको सम्झानामा एक प्रार्थनासभाको आयोजना गरेको थियो। परिवारले आयोजना गरेको उक्त सभामा परिवारका सदस्यसँगै निकट व्यक्तिहरुको सहभागीता रहेको थियो। कार्यक्रममा जापानका प्रधानमन्त्री फुमिया किशिदाको पनि उपस्थिति रहेको थियो।

६७ वर्षीय जापानका पूर्वप्रधानमन्त्री आबेको ८ जुनमा दक्षिण जापानको नारा शहरमा निर्वाचन सभालाई सम्बोधन गर्ने क्रममा गोली हानी हत्या गरिएको थियो। हत्यामा संलग्न युवाले आबेको नीतिका कारण आफ्नो परिवारले सम्पूर्ण व्यापार गुमाएको बताएका छन्।

कोभिड महामारीको समयमा आबेले लिएको नीतिले आफ्नो परिवार आर्थिक संकटमा परेको र आफ्नी आमाको समेत निधन भएपछि आफूले आबेको हत्याको योजना बनाएको उनको दाबी छ।

आबेले केही महीनाअघि मात्रै आफ्नो पदबाट स्वइच्छाले राजीनामा दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved