जोहोन्सबर्गको बारमा गोली हानाहान, कम्तीमा १४ जनाको मृत्यु

नेपालभ्युज

जोहोन्सबर्गको बारमा गोली हानाहान, कम्तीमा १४ जनाको मृत्यु

दक्षिण अफ्रिकी शहर जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोली हानाहानमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

शनिबार-आइतबारको मध्यरातमा घटना भएको र बिहान प्रहरीलाई खबर आएको प्रहरीले जनाएको छ।

प्रहरी त्यहाँ पुग्दा १२ जनाको मृत्यु भइसकेको थियो। ११ जनालाई अस्पताल लगिएको थियो, जहाँ थप २ जनाको मृत्यु भएको थियो।

घटनास्थलमा भेटिएको कारतूसले आक्रमणकारी भीडमा आएको देखाएको प्रहरी अधिकृत इलियास मावेलाले बताए। पूरै क्षेत्र सिल गरिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।

घटनास्थलमा उपस्थित केही प्रत्यक्षदर्शीले राति एक बजेतिर मिनिबस ट्याक्सीमा सवार केही व्यक्तिको भीड बारमा पुगेर गोली चलाउन थालेको बताए।

गोली चल्नेबित्तिकै भागदौड मच्चिएको थियो र मानिसहरू भाग्न थालेका थिए। यो आक्रमण किन गरियो भन्ने जानकारी आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved