समयअगावै सकियो पुलको काम

नेपालभ्युज

समयअगावै सकियो पुलको काम

काठमाडौं। हेटौँडाको राप्ती खोला पक्की पुलको समयअगावै निर्माण कार्य सम्पन्न भएको छ। नवलपुर ११ र १२ जोड्ने पुलको निर्माण निर्धारित समयभन्दा ३ महीना अघि सम्पन्न भएको हो।

एलिट कन्सट्रक्सन कम्पनी प्रालिसँग २०७६ असोज २७ मा पुल निर्माणका लागि सम्झौता भएको थियो। पुल निर्माणका लागि २०७९ असोज २६ सम्मको समायवधि रहेकोमा कम्पनीले असारमै काम सम्पन्न भएको कम्पनीका प्रवन्ध निर्देशक अजय पौडेलले जानकारी दिए।

२१५ मिटर लम्बाई र ११ मिटर चौडाइमा निर्माण भएको उक्त नवलपुर र अल्दामार जोड्ने पुलले दुई वडाका स्थानीयको अवागमनलाई सहज बनाएको छ। यी दुई वडा जोड्ने यो पहिलो मोटरेबल पुल हो।

पुलको १७ मंसीर २०७७ मा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए।

पुल निर्माण भएसँगै अल्दामार र नवलपुरको ४० मिनेटको बाटो ५ मिनेटमा छोट्टिएको छ।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved