बाबुरामको प्रश्न- श्रीलंकाको क्रान्तिले नेपालका मैमत्त शासकको आँखा खुल्ला?

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले श्रीलंकाका शासकविरुद्ध त्यहाँका जनताले थालेको आन्दोलनलाई अर्को अक्टोबर क्रान्ति भनेका छन्।

नेपालभ्युज

बाबुरामको प्रश्न- श्रीलंकाको क्रान्तिले नेपालका मैमत्त शासकको आँखा खुल्ला?

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले श्रीलंकाका शासकविरुद्ध त्यहाँका जनताले थालेको आन्दोलनलाई अर्को अक्टोबर क्रान्ति भनेका छन्।

गम्भीर आर्थिक संकटमा धकेलिएको श्रीलंकामा जारी प्रदर्शनका क्रममा शनिबार सर्वसाधारणले राष्ट्रपति भवन कब्जा गर्नुलाई उनले अक्टोबर क्रान्तिको संज्ञा दिएका हुन्।

उनले श्रीलंकाको आन्दोलनले नेपालका पनि शासकको आँखा खुल्नुपर्ने बताएका छन्। श्रीलंकाको दृश्यले नेपाललगायत विश्वभरका मैमत्त शासकको आँखा खुल्ने उनले अपेक्षा गरेका छन्।

’’श्रीलंकामा लाखौँको जनसागरले शान्तिपूर्ण ढङ्गले राष्ट्रपति भवन कब्जा गरेको घटनाले फ्रान्सेली र रूसी अक्टोबर क्रान्तिको नयाँ संस्करणको झल्को दिन्छ’’, उनले भनेका छन्, ’’२१औँ शताब्दीको क्रान्तिको नयाँ मोडेल बन्न सक्ने सम्भावना बोक्छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved