कहाँ गए श्रीलंकाका राष्ट्रपति राजापाक्षे ?

श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि भागेका राष्ट्रपति गोतबाया राजापाक्षे कहाँ गए भन्ने अझै खुलेको छैन। शनिबार राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेका थिए।

नेपालभ्युज

कहाँ गए श्रीलंकाका राष्ट्रपति राजापाक्षे ?

एजेन्सी। श्रीलंकामा प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेपछि भागेका राष्ट्रपति गोतबाया राजापाक्षे कहाँ गए भन्ने अझै खुलेको छैन। शनिबार राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घेरेका थिए।

भीड राष्ट्रपति कार्यालयतर्फ आउनुअघि नै उनी त्यहाँबाट भागेका थिए तर उनी कहाँ छन् भन्ने अहिलेसम्म खुलेको छैन।
प्रदर्शनकारीहरूले श्रीलंकाको झन्डा, हेल्मेट बोकेर राष्ट्रपति कार्यालय प्रवेश गरेको भिडिओहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ। प्रहरीले हवाई फायर पनि गरेको थियो तर आक्रोशित प्रदर्शनकारीहरूलाई रोक्न सकेको थिएन।

प्रदर्शनकारीहरूले गत मार्चयता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो। आर्थिक संकटका कारण श्रीलंकाले पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द छन्।

टाइम्स अफ इन्डियाले स्रोतलाई उदृत गर्दै लेखेको समाचारका अनुसार उनी शुक्रबार नै त्यहाँबाट निस्किसकेका थिए। केही समाचारहरूमा भने कोलोम्बो पोर्टस्थित ‘नेभी सिप’ मा राष्ट्रपतिका लगेजहरू हतारमा राखिएको उल्लेख गरिएको थियो। उनी त्यसैमा चढेर गएको हुनुपर्ने आशंका पनि गरिएको छ।

राष्ट्रपति भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि राजीनामा दिएका छन्। शनिबार भएको प्रदर्शनमा कम्तीमा पनि ४० जना प्रदर्शनकारी, १० जना प्रहरी घाइते भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved