उत्तराखण्डमा बाढीले जीप बगायो, १० मध्ये एक युवती मात्र बाँच्न सफल

नेपालभ्युज

उत्तराखण्डमा बाढीले जीप बगायो, १० मध्ये एक युवती मात्र बाँच्न सफल

भारतको उत्तराखण्ड भारी वर्षासँगै भएको जीप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

नैनीताल जिल्लाको रामनगरमा दुर्घटना भएको हो। रामनगरको देलवा खोलामा डुबेको उक्त जीपमा रहेकी एक युवती भने बच्न सफल भएकी छन्। जीपमा १० जना सवार थिए ।

जीवित युवतीलाई उपचारका लागि रामनगरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको छ। बरसाती नाला पार गर्ने क्रममा उक्त दुर्घटना भएको बताइएको छ। एक्कासि नालामा पानीको बहाव बढेर कार बगेको थियो।

दुर्घटना आज बिहान साढे ५ बजे भएको बताइएको छ। पञ्जाबबाट घुम्न आएका मानिस दुर्घटनाको सिकार भएका हुन्।

पञ्जाबबाट आएका पर्यटक रामनगरको एउटा होटलमा बसेका थिए। उनीहरू बिहान ५ बजे होटलबाट हिँड्न निस्किएका थिए। रामनगरमा बिहीबार रातिदेखि पानी परिरहेको छ।

जसका कारण बर्षात‍्का नालाहरूमा पानीको बहाव बढेको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved