जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि सम्बोधन सभाबीच गोली प्रहार

नेपालभ्युज

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि सम्बोधन सभाबीच गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई एक सभामा सम्बोधन गर्ने क्रममा गोली प्रहार भएको छ।

आबेलाई दुई ओटा गोली लागेको बताइएको छ। गोली लागेपछि उनी ढलेका थिए। गोली प्रहारको घटना जापानको नारा प्रान्तमा भएको हो। आबेलाई तत्काल एम्बुलेन्सबाट अस्पताल लगिएको छ।

आक्रमणकारीलाई नियन्त्रणमा लिइएको छ।

जापानी सञ्चारमाध्यमका अनुसार आबे एक र्‍यालीको बीचमा थिए जब उनीमाथि घातक हमला भएको थियो। सरकारी समाचार प्रसारक एनएचकेले आबेलाई गोली लागेपछि रगत बगेको बताएको छ।

आबेलाई पछाडिबाट आक्रमण गरिएको प्रहरीले जनाएको छ। गोली लाग्नेबित्तिकै आबे बेहोस भएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved