पुन: शुरु भयाे विद्युतीय राहदानी वितरण

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही १७ असारदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो।

नेपालभ्युज

पुन: शुरु भयाे विद्युतीय राहदानी वितरण

बैतडी। सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अवरुद्ध भएको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा पुनः शुरु भएको छ।

विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण यही १७ असारदेखि बैतडी, बझाङ र दार्चुलामा विद्युतीय राहदानी सेवा बन्द भएको थियो।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको र मर्मतपछि पुनः सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

बैतडीमा पहिलोपटक गत १२ जेठदेखि विद्युतीय राहदानी सेवा दिन शुरु गरिएको थियो। हालसम्म करिब ४०० जनाले उक्त सेवा लिएका छन्।

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी शुरु गरिएको थियो। यहाँ गत २ मंसीरदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved