अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति बनाउने सहमति

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने भएको छ।

नेपालभ्युज

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय समिति बनाउने सहमति

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने भएको छ।

बजेट निर्माणको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन बुधबार दलहरुबीच सहमति भएको हो।

समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बाट चार, सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका २/२ जना सदस्य रहने छन्। यस्तै जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट १/१ सदस्य छानबिन समितिमा रहनेगरी सहमति भएको हो।

एमाले लगायत दलहरुले समितिमा बस्ने सदस्यको नाम दिएपछि यसबारे औपचारिक घोषणा हुनेछ। एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved