रामेछाप अपडेट : दुर्घटनाको कारण ‘ब्रेक फेल’, मृतक संख्या १३ पुग्यो

बा३ख ८३९६ नम्बरको यात्रुबाहक बस बिहान १० बजेतिर दुर्घटना हुँदा २४ जना घाइते भएका थिए।

नेपालभ्युज

रामेछाप अपडेट : दुर्घटनाको कारण ‘ब्रेक फेल’, मृतक संख्या १३ पुग्यो

काठमाडौं। रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

बा३ख ८३९६ नम्बरको यात्रुबाहक बस बिहान १० बजेतिर दुर्घटना हुँदा २४ जना घाइते भएका थिए। घाइतेमध्ये थप ४ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएसँगै मृतक संख्या १३ पुगेको हो।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो। दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ।

सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो। तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

हिँडेको केही घन्टापछि (करिब १० किमी गुडेपछि) बस दुर्घटनामा परेको बताइएको छ। गाउँलेको भनाइ उद्धृत गर्दै सुनापाती गाउँपालिकाका अध्यक्ष तामाङले माथिदेखि नै बस हल्लिँदै आएको र त्यहाँको ठूलो घुम्तीमा मोड्न नसकी बस सिधै खसेको बताए।

उनका अनुसार घटनास्थल रामेछापको जिल्ला सदरमुकाम मन्थलीबाट झन्डै ६३ किलोमिटरमा छ। दुर्घटना भएको स्थलबाट मध्यपहाडी राजमार्ग भेट्न केही सय मिटरको मात्रै दूरी थियो। त्यसपछि केही राम्रो सडक थियो। त्यहाँबाट केही किलोमिटरको दूरीमा विपी राजमार्ग (पक्की सडक) भेटिने पनि उनले बताए।

बिहान अन्दाजी १० बजेतिर भएको उक्त दुर्घटनामा मृत्य भएका नौमध्ये चार महिला र पाँच पुरुष छन्। उनीहरुको पहिचान खुलेको छैन। दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको जानकारी दिए।

तीनजना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved