स्वतन्त्रता दिवसकै दिन अमेरिकामा गोली चल्दा ६ को मृत्यु २४ घाइते 

अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। उक्त घटनामा कम्तीमा २४ जना घाइते भएका छन्।

नेपालभ्युज

स्वतन्त्रता दिवसकै दिन अमेरिकामा गोली चल्दा ६ को मृत्यु २४ घाइते 
सांकेतिक तस्वीर।

काठमाडौं। अमेरिकाको शिकागोको एक उपनगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ। उक्त घटनामा कम्तीमा २४ जना घाइते भएका छन्।

एक बन्दुकधारीले स्वतन्त्रता दिवसको उत्सव शुरु भएको केही मिनेटपछि एउटा  पसलको छतबाट परेडमा गोली चलाएको थियो।

गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ। बन्दुक हमलाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

घटनाले अमेरिकाको सबैभन्दा ठूलो देशभक्तिपूर्ण स्वतन्त्रता दिवसको छुट्टी खल्लो भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved