संकटको चरम सीमामा श्रीलङ्का, इन्धन अभावकै कारण विद्यालय बन्द

विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ यो निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

नेपालभ्युज

संकटको चरम सीमामा श्रीलङ्का, इन्धन अभावकै कारण विद्यालय बन्द

काठमाडौं। श्रीलङ्कामा आर्थिक संकटका कारण दिनप्रतिदिन समस्या चुलिँदै गएपछि विद्यालय बन्द भएको छ। सरकारले इन्धन अभावको कारण देखाउँदै सबै विद्यालय बन्दको घोषणा गरेको हो।

विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ यो निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।

विद्यालयहरू पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो।

शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

गत हप्ता नगद अभावका कारण श्रीलङ्काले पेट्रोल र डिजेल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved