निगमको सुझाव : मोटरसाइकललाई पाँच लिटरभन्दा बढी तेल नदिऊँ

नेपालभ्युज

काठमाडौं। नेपाल आयल निगमले आफू निरन्तर घाटामा गएका कारण भयावह अवस्था आउन सक्ने भन्दै सरकारलाई १० बूँदे पत्र पठाएको छ।

निगमले मोटरसाइकललाई एकपटकमा पाँच लिटर, जीपलगायत साना सवारीलाई २० लिटर मात्र इन्धन दिन सुझाव सरकारलाई दिएको छ। यसैगरी सवारीमा जोरविजोर लागू गर्नुपर्ने माग निगमको छ।

आफू चालू आर्थिक वर्षमा हालसम्म ५५ अर्ब रुपैयाँभन्दा बढी घाटामा गइसकेकाले पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या देखिनसक्ने चेतावनी निगमले दिएको छ।

यी हुन् सरकारलाई निगमले पठाएको पत्रका १० बूँदा

१) सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने।

२) देशका प्रमुख शहरहरूमा प्रत्येक शनिबार गाडी रहित सार्वजनिक विदाको घोषणा गर्ने।

३) खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुलो सहुलियत दरमा विक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने।

४) विद्युतीय सवारी साधनको प्रयोगमा बृद्धि गर्न प्रमुख शहरहरू र राष्ट्रिय राजमार्गहरूमा निःशुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक र निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि
अलग्गै निःशुल्क पार्किङ स्थल तोकिदिने।

५) पेट्रोल पम्पहरूले मोटर साइकललाई एक पटकमा ५ लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० लिटर मात्र इन्धन बिक्री गर्ने।

६) छोटो दुरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने।

७) ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने।

८) मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी संचालन गर्ने व्यवस्था मिलाउने।

९) पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्ने।

१०) ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आव्हान गर्ने।​


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved