मधेश प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल शुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

नेपालभ्युज

मधेश प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

जनकपुर। मधेश प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमाथि आजदेखि छलफल शुरु हुने भएको छ।

मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल शुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए।

यही १ असारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९/०८० का लागि ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

त्यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved