स्रोत नखुलेको ४५ लाख बढी नगदसहित चार जना पक्राउ

नेपाल भ्युज

स्रोत नखुलेको ४५ लाख बढी नगदसहित चार जना पक्राउ
प्रतिकात्मक तस्वीर

कास्की। स्रोत नखुलेको ४५ लाख बढी नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१७ ड्यामसाइडस्थित भर्जु ईन होटलबाट स्रोत नखुलेको ४५ लाख ९७ हजार १८० रूपैयाँ नगदसहित बिहीबार दिउँसो चार जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक राहदानी नम्बर ईजी४४८७०८७ यीन यिङ्बोसहित ४ जना रहेका छन् ।

उक्त होटलमा सुमनको नाममा दर्ता भएको डाईमण्ड टेक्नोलोजी प्रालि सञ्चालन भएकोमा स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त स्थानबाट उनीहरूको ४ थान मोबाइल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाईल फोन समेत बरामद गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved