क्यानडामा २७८ जनामा मंकीपक्स पुष्टि

२९ जुनसम्म क्यानडामा कुल २७८ जनामा मंकीपक्स देखिएको पुष्टि भएको हो।

नेपालभ्युज

क्यानडामा २७८ जनामा मंकीपक्स पुष्टि
प्रतिकात्मक तस्वीर।

एजेन्सी। क्यानडामा २७८ जनामा मंकीपक्स पुष्टि भएको छ।

क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरेसा ट्यामले बिहीबार २९ जुनसम्म देशमा कुल २७८ जनामा मंकीपक्स देखिएको पुष्टि गरेकी हुन्।

ब्रिटिश कोलम्बियाका चार, अल्बर्टाबाट पाँच, ओन्टारियोबाट ६७ र क्युबेकका २०२ संक्रमणका घटनाहरू दर्ता भएको उनले बताइन्।

मंकीपक्स भाइरसको जोखिम कुनै समूहमा मात्र नभएर यसको शिकार जो कोही पनि हुनसक्ने बताइएको छ।

ट्यामका अनुसार अधिकांश संक्रमितहरु २० देखि ६९ उमेर समूहभित्रका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved