प्रचण्डले अनावरण गरे दिवंगत छोरा प्रकाश दाहालको शालिक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिंबगंत पुत्र प्रकाश दाहालको शालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ। ‘प्रचण्ड’ले आज बिहान शालिक अनावरण गरेका हुन्।

नेपाल भ्युज

प्रचण्डले अनावरण गरे दिवंगत छोरा प्रकाश दाहालको शालिक

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिवंगत छोरा प्रकाश दाहालको शालिक नुवाकोटको ककनीमा निर्माण गरिएको छ। ‘प्रचण्ड’ले आज बिहान शालिक अनावरण गरेका हुन्।

सोही शालिक प्रकाश दाहालको जन्मदिनको अवसर पारेर आज बिहान अनावरण गरिएको हो। दाहालको शालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो। शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत अङ्कित छ।

प्रकाश दाहाल प्रचण्डको कान्छो सन्तान हुन्। २०७४ साल मङ्सिर ३ गते उनको निधन भएको थियो।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved