बाबुराम भट्टराई र उपेन्द्र यादवबीच मध्यरातमा वार्ता

फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका दुई शीर्ष नेताहरुबीच गएराति छलफल भएको छ। पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबिच गएराति अबेरसम्म वार्ता भएको हो।

नेपालभ्युज

बाबुराम भट्टराई र उपेन्द्र यादवबीच मध्यरातमा वार्ता

काठमाडौं। फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका दुई शीर्ष नेताहरुबीच गएराति छलफल भएको छ। पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबिच गएराति अबेरसम्म वार्ता भएको हो। काठमाडौंको एक होटलमा बुधबार साँझ डेढ घण्टासम्मको छलफल भएको हो।

वार्तामा दुवै नेता अब अलग अलग अघि बढ्ने समझदारी भएको नेताहरूले बताएका छन्। संघीय परिषद् अध्यक्ष डा. भट्टराई र यादवबीच अलग हुने समझदारी भएको एक नेताले बताए।

यादव निकट एक नेता भन्छन्, ‘‘दुवै पक्षको कुरा सुन्दा अब एकै पार्टीमा रहन नसकिने जस्तो देखिएको छ। त्यसैले अलग भएर अघि बढ्ने समझदारीमा पुगेका छौँ।’’

उनले भविष्यमा पनि गठबन्धन र सहकार्यको बाटो भने खुला राखेर अलग हुने निर्णयमा पुगेको पनि जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved