झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्घाटन

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ।

नेपालभ्युज

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्घाटन

काठमाडौं। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ। ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले नयाँ ट्राफिक लाइटको उद्घाटन गरेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरि संचालनमा ल्याएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रु मैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतलगायतको उपस्थिति रहेको थियो। हाल उपत्यकाको मुख्य ४० चोकहरुमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ। १३ स्थानमा परिक्षण गरि सञ्चालनको प्रक्रियामा रहेको र ७ स्थानमा जडान भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved