पिताको बन्दुक झिकेर ८ वर्षीय बालकले गोली चलाउँदा १ वर्षीया बालिकाको मृत्यु

नेपालभ्युज

पिताको बन्दुक झिकेर ८ वर्षीय बालकले गोली चलाउँदा १ वर्षीया बालिकाको मृत्यु

अमेरिकाको फ्लोरिडास्थितमा ८ वर्षीय बालकले एक वर्षीया बालिकालाई गोली हत्या गरेका छन्। यस क्रममा अर्की २ वर्षीया बालिका पनि घाइते भएकी छन्। बच्चाले बुबाको बन्दुकबाट गोली चलाएको थियो। यस घटनामा प्रहरीले बालकका बाबुलाई पक्राउ गरेको छ।

संयुक्त राज्य अमेरिकाको सबैभन्दा पश्चिमी क्षेत्र एस्कम्बिया काउन्टीका शेरिफ चिप सिमन्सका अनुसार घटना गत हप्ताको हो। बच्चाका  बुबा रोडरिक ड्वेन रान्डलले पेन्साकोला मोटेलको एउटा कोठामा बन्दुक लुकाएर राखेका थिए। कोठाबाट निस्कँदा उनका छोराले बन्दुक फेला पारेर गोली चलाएको थियो। दुवै छोरी उनका बुबाकी प्रेमिकाका थिए।

सिमन्सले भने, ‘घटनापछि रोडरिकले प्रमाण लुकाउन प्रयास गरेका थिए। उनले फेरि कोठामा राखिएको लागूऔषध र बन्दुक लुकाउन खोजेका थिए। एक साताको अनुसन्धानपछि उनलाई पक्राउ गरिएको हो। बालकका बुबालाई बन्दुक राखेको, लापरबाही र प्रमाण लुकाएको आरोप लगाइएको छ। घाइते बालिकाको उपचार भइरहेको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved