मुकेश अम्बानीले दिए राजीनामा

नेपालभ्युज

मुकेश अम्बानीले दिए राजीनामा

विश्वका धनी व्यापारी भारतीय मुकेश अम्बानीले आफ्नो जियो इन्फोकम लिमिटेडको निर्देशक पदबाट राजीनामा दिएका छन्।

रिलायन्स जियोको बोर्डले उनका छोरा आकाश अम्बानीलाई बोर्डको अध्यक्षको रूपमा नियुक्त पनि गरेको छ। यसअघि आकाश अम्बानी बोर्डमा नन एक्जुकेटिभ डाइरेक्टरको रूपमा कार्यरत थिए।

पंकज मोहन पवारले कम्पनीको प्रबन्ध निर्देशक (एमडी) को पदभार ग्रहण गर्नेछन्।

सञ्चालक समितिको असार २७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। कम्पनीको अतिरिक्त सञ्चालकमा रामिन्दर सिंह गुजराल र केभी चौधरीको नियुक्तिलाई पनि बोर्डले अनुमोदन गरेको छ। यी नियुक्तिहरू छ वर्षका लागि गरिएको जियोले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved