लिफ्ट मागेर कार लुट्ने तीन भारतीय नागरिक पक्राउ

नेपाल भ्युज

लिफ्ट मागेर कार लुट्ने तीन भारतीय नागरिक पक्राउ

धनगढी। कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर कार लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

भारतको हरियाणाका सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनीहरूलाई गोदावरी नगरपालिका १ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved